२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

भूमिहीनलाई लालपुर्जा दिन नक्सांकन प्रकृया सुरु

प्रकाशित मिति : २०७८ असार ४ गते
Photo : Halkaro

चितवन / कालिका नगरपालिकाले नगरक्षेत्रमा बसोवासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा नक्साकंन गर्ने प्रक्रिया सुरु गरेको छ । उनीहरुलाई लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो ।
नगरक्षेत्र भित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नं. ६ वाट कन्ट्रोल बिन्दु निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल विन्दु निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ । नगरमा दुईसय जति कन्ट्रोल विन्दु राख्नु पर्ने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले संयुक्त रुपमा आज कन्ट्रोल विन्दु निर्माणको सिलान्यास गरेका छन् । वडा नं. ६ हुँदै अन्य सबै वडामा पुगेर प्राविधिकहरुले जग्गाको क्षेत्रफल नापेर नक्साकंन गर्नेछन् ।
लामो समयदेखि भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियामा कालिका नगरपालिका सक्रिय भएर अगाडी बढेको भन्दै प्रमुख श्रेष्ठले चांँडैनै लालपूर्जा वितरण गरिने उनले बताए बषौंदेखिको भूमिहिनको समस्या छिट्टै समाधान हुने वडा नम्बर ६ का अध्यक्ष विनोद रेग्मीले बताए । कन्ट्राले विन्दुको सिलान्यास संँगै वडावासी उत्साहित भएको भएको रेग्मीको भनाई छ ।
नगरपालिकाको वडा नम्बर ३ ले पनि भूमिहिनका लागि वडा कार्यालयबाट बाटहुने आवश्यक काम सकिसकेको छ । वडा अध्यक्ष टिकाराज रिजालका अनुसार वडा आफैले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गाको नक्साकंन गरिसकेको छ । नगरक्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बस्तीमा बसोबासगर्नेहरुको तथ्यांक लिने, कम्प्यूटरमा इन्ट्री गर्ने काम भइसकेको छ ।
अब नाप नक्सा तयार गरेर राज्यले बनाएको नीति अनुसार कित्ताकाट गरेर लालपुर्जा दिने काम बाँकी छ । नगरपालिकाले भूमिहीनको समस्यालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दै आएको नगरप्रमुख खुमनारायण श्रेष्ठको भनाई छ । नगरपालिकाको भर्खरै सम्पन्न नीति तथा कार्यक्रममा पनि भूमि समस्या समाधानका लागि बजेट व्यवस्थापनको काम गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
भूमिहीनहरुलाई लालपुर्जा दिने सबैको दायित्व भएकाले यो अभियानमा सबैलाई हातेमालो गरेर साथ दिन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गरे । कालिका नगरपालिका क्षेत्रभित्रका झण्डै १९ सय ४६ जना भूमिहीन दलित, सुकुम्वासीले फारम भरेका छन् । नगरक्षेत्रभित्र अव्यवस्थित बसोवासगर्दै आएका ३ हजार ६ सय ४५ घरधुरीगरी झण्डै ५ हजार ५ सय ९१ घरधुरीले फारम भरेका छन् ।
नगरपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासगर्दै आएका परिवारका लागि १८ सय ३० विगहा १४ कट्ठा ५ धुर जग्गाको व्यवस्थापन गर्नुपर्नेछ । भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्य अनुसार नेपाल सरकारले काम तीब्र पारेपनि स्थानीयतहले खासै महत्व नदिएको भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले बताए ।
‘कतिपयलाई यो काम सरकारले नगरेको भए हुनेथ्यो झैगरी आलटाल गरिरहेका छन अध्यक्ष पाठकले भने, । सबैभन्दाबढी माडी नगरपालिकामा काम प्रभावित भएको छ ।’ निकुञ्जको क्षेत्रमा पर्नेभएकाले तथ्यांक लिने काम बाहेक अन्य कामहरु अगाडी बढ्न सकेको छैन ।
यता पूर्वी चितवनको राप्ती नगरपालिकाले भूमिहीनका लागि जग्गाको क्षेत्रफल नाप्नेकाम सुरु गरेको छ । अन्य स्थानीयतहले तथ्यांक लिने र प्राप्त तथ्यांकलाई कम्प्युटरमा इन्ट्रीगर्ने काम गरिरहेका छन् । जग्गाको नाप, नक्सा देखि किताकाट जति छिटोगर्न सके त्यतिनै छिटो लालपुर्जा वितरण हुने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98