आजभोली
जताततै स्वरहरु गुन्जन्छन
थरीथरीका स्वरहरु
ताल न सुरका स्वरहरु
विभिन्न थाटका स्वरहरु
मीठो स्वर……टररो स्वर
शितल स्वर…..तातो स्वर
सानो स्वर….कान चिरुवा स्वर
स्वर होकि शोर ?
- ADVERTISEMENT -
बाल स्वर मस्त पवन
वृद्ध स्वर…हावाको अन्तिम झोका
तर युवा स्वर आधी हुरि झै हुइकिन्छ
तातो लु चले झै पोल्ने स्वर
किनकि रगत तातो छ….सुकुटी र भुटुवा तातो छ
रक्सीको गन्ध मिश्रित स्वर
उसै त चर्को झन रक्सी र राजनीतिको रन्को
किन नहोस त ठूलो र तातो स्वर
घरमा स्वर…..बाटोमा स्वर
पानीमा स्वर…..माटोमा स्वर
दुखी स्वर…….सुखी स्वर
रिसालु स्वर……मायालु स्वर
विषालु स्वर…….दयालु स्वर
सोझो स्वर……छट्टु स्वर
मधुर स्वर……कटु स्वर
जताततै स्वरै स्वर
तर स्वरले दिशा समात्न सकेन
लक्ष्यविहिन स्वर…..भड्किएको स्वर मात्रै सुनिन्छ
देशका लागि चर्किने स्वरहरु खै ?
भोकानाङ्गाका लागि घन्किने स्वरहरु खै ?
देशको शक्ति युवा शक्ति
शोरै शोरको भुमरीमा अल्झिरहेछन
विष ओकलिरहेछन
एक अर्कालाइ निमिट्यान्न पार्न
मुठ्ठीभर शासकका निमित्त
जाग शक्ति हो जाग!
हनुमानलाइ आफ्नो शक्तिको याद दिलाए झै
तिम्रो शक्तिको याद दिलाउने स्वरहरु छैनन यहाँ
महाभारतमा जस्तो विवेकको ढोका खोली दिने
श्रीकृष्ण र भीष्म पितामह छैनन यहाँ
आफै जाग
स्वर कम गर
सुन र मनमा गुन
धेरै सुन कम बोल
कुन स्वर कति बेला ?
कुन स्वर कस्का लागि ?
कुन स्वर कति चर्को अनि कति मधुर ?