September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनाका चेपाङ्ग र विपन्नको घरमा राहत सामग्री

June 29, 2021

चितवन / चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ र ५ का चेपाङ्ग समुदाय र विपन्न घरधुरीलाई राहत सामग्री तथा मास्क वितरण गरेको छ । चितवनको एकमात्र गाउंँपालिका इ्रच्छाकामनाका ६० घरधुरीलाई सोमबार राहत सामग्री वितरण गरिएको हो ।
चेम्बरका अध्यक्ष दिर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरिएको बताए । निषेधाज्ञाले व्यवसायी आफै समस्यामा परेपनि सामाजिक कार्यमा सक्दो सहयोग गर्दै उनले भने ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरिबीको चपेटामा रहेकाले राहतको सहयोगले समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताए ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराइले यसअघि चेम्बरले फोनमार्फत कोभिडका विरामीलाई स्वास्थ्य सेवा दिएको हो भने हाल राहत सामग्री र मास्क वितरण गरिएको उनले भने ।
कार्यक्रममा चेम्बरका सचिव बालकुमार श्रेष्ठ, कोषाध्यक्ष निर्मला पण्डित, सदस्यहरु रुवीन रामुदामु, महेश तिवारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।