२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

समाचार संकलनमा रोक : महासंघको ध्यानाकर्षण

प्रकाशित मिति : २०७८ असार १६ गते
- ADVERTISEMENT -

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोमा ध्यानाकर्षण भएको जनाएको छ । भरतपुर महानगरपालिकाको नगर परिषद्मा चितवन पोष्ट दैनिकका संवाददाता कुलप्रसाद काफ्लेलाई समाचार संकलनमा रोक लगाएकोमा महासंघले आपत्ति जनाएको हो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको उल्लेख गरिएको छ । पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन समेत आग्रह गरिएको विज्ञप्तिमा लेखिएको छ । पत्रकारिताको मर्म र भावना विरुद्ध हुने जुनसुकै कार्यको पनि महासंघले विरोध गर्ने विज्ञप्तीमा लेखिएको छ ।
महानगरपालिकाको असार १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित नगरसभामा समाचार संकलनका क्रममा पत्रकार काफ्लेलाई रोक लगाइएको थियो।

- ADVERTISEMENT -