२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

अविरल वर्षाका कारण हेटौँडा–भैसे सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : २०७८ असार १८ गते
- ADVERTISEMENT -

मकवानपुर / गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तरगत पर्ने हेटौँडा–भैसे बिहानैदेखि सडकखण्ड अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर १ मा पर्ने बाघझोरामा वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको गिट्टी, ढुंगाका कारण हेटौँडाबाट जाने र भैंसेहुँदै हेटौँडा आउने यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उक्त बाढीले बगाएको गिट्टी, बाल्वा, ठूला–ठूला ढुंगा हटाई यातायात संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दासले बताए । सो स्थानमा हिजो बिहिबार पनि यातायात अवरुद्ध भएको थियो ।
त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जानेबाटो पनि बिहिबारदेखि नै अवरुद्ध रहेको छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएर र पानी नरोक्किएको कारण पहिरो हटाउन समस्या भएकोले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए ।
यसैगरी, कान्तिलोगपथ अन्तरगत पर्ने भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा केहीदिनदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -