२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, ३ घाइते

प्रकाशित मिति : २०७८ असार २१ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. १, आँपटारीमा मालबाहक ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने, तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा देवघाट गाउंँपालिका वडा नम्बर १ का चीनिमाया पौडेल रहेका छन् भने उनको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना भने घाइते भएका छन् । घाइते हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का पुष्पराज बास्तोला, तनहुं देवघाट गाउंँपालिका वडा नम्बर ५ का तिलबहादुर गुरुङ र सोही ठाउंँ बस्ने सिरु गुरुङ रहेकी छिन । घाइते मध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट लमजुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको मालबाहक ट्रकले बिपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रवक्ता थापाले बताए । बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडि सवार पौडेलको घट्ना स्थलमा नै मृत्यु भएको र उनको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको प्रहरीले भने ।
बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर चालक बास्तोला गम्भीर घाइते भएका छन् । प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक तिल बहादुर गुरुङ र प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर पछाडि सवार सिरु गुरुङ, सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरी बताए ।

- ADVERTISEMENT -