२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर १, देवघाटको सडक वर्षौँदेखि जीर्ण

वडामा बजेट अभाव, निर्माणमा सकस
प्रकाशित मिति : २०८३ भाद्र ३ गते
फोटो : शम्भु पाख्रिन ।

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १ स्थित पवित्र धार्मिक तथा सामाजिक क्षेत्र देवघाटमा रहेको कच्ची सडक वर्षौँदेखि जीर्ण रहँदा स्थानीयवासी, विद्यार्थी तथा भक्तजनहरूले सास्ती व्यहोर्नु परेको छ ।

सो अन्तर्गत पर्ने संस्कृत माध्यमिक विद्यालय (पूर्वी भाग) को कच्ची सडकदेखि जानकी बालिका आश्रम (कन्या गुरुकुल), बौद्ध अन्त्येष्टि स्थलहुँदै नागकुण्ड नजिकसम्मको करिब १ किलोमिटर सडकखण्ड लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

उक्त सडक खण्ड पक्की नहुँदा बर्खायाममा हिलाम्मे भएर सवारी साधन तथा पैदल यात्रीलाई आवतजावत गर्न कठिन हुने गरेको छ भने गर्मीमा अत्यधिक धुलो उड्दा सर्वसाधारण र स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।

विशेषगरी दैनिक रूपमा विद्यालय जाने साना बालबालिका, जानकी बालिका आश्रमका आश्रमवासी, बौद्ध अन्त्येष्टि स्थलमा आउने सर्वसाधारणका साथै नागकुण्ड र देवघाट क्षेत्रमा आउने धार्मिक पर्यटक एवं दर्शनार्थीहरूले यो कच्ची सडकका कारण ठूलो समस्या भोग्नुपरेको छ ।

देछेन थर्वालिङ बौद्ध गुम्बा देवघाटका सल्लाहकार शम्भु पाख्रिनका अनुसार यो समस्या कुनै एक वर्षको मात्र नभई धेरै वर्षदेखि दोहोरिँदै आएको हो । पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि सडकको स्तरोन्नति र कालोपत्रे गर्नेतर्फ ठोस पहल हुन नसकेको स्थानीयहरुको गुनासो रहेको उनले बताए ।

वडा नं. १ अन्तर्गत रहेको सोही सडक निर्माणको मुख्य जिम्मेवारी वडाकै भएकाले महानगरसँग समन्वय गरेर अगाडि बढ्न वडाअध्यक्ष केशव महर्जनलाई आग्रह समेत गरेको उनले बताए । यद्यपि, वडा कार्यालयले बजेट अभावको बहाना बनाएर पन्छिन खोजेको आरोप उनको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष केशव महर्जनले सडक निर्माणका लागि पहल भइरहेको बताए । “उक्त सडक निर्माणका लागि ठूलो बजेट लाग्ने भएकाले वडाको सीमित स्रोत–साधनबाट मात्रै निर्माण गर्न कठिनाइ भएको हो,” महर्जनले भने, “ठूलो बजेट चाहिने भएकाले अब प्रदेश र सङ्घीय सरकारको सहयोगका लागि पहल भइरहेको छ ।”

विभिन्न मठ–मन्दिर तथा सङ्घ–संस्थामा बजेट विनियोजन गरेजस्तै यो महŒवपूर्ण सडक निर्माणका लागि पनि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

भरतपुर महानगरपालिका, वडा कार्यालय तथा सम्बन्धित विकास निर्माणका निकायहरूलाई यस विषयमा गम्भीर बन्न र उक्त १ किलोमिटर सडक खण्डको शीघ्र मर्मत तथा कालोपत्रे गरी आवतजावत सहज बनाइदिन स्थानीयवासीले जोडदार माग समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45