काठमाडौं / ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । साविक विजेता समेत रहेका ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको हो । सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफको ३४औं मिनेटमा गोल गरेका थिए । नेमारको पासलाई गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।
ब्राजिलका लागि पाक्वेटाको उक्त गोल नै फाइनलमा पु¥याउन निर्णायक बनेको थियो । उक्त पहिलो सेमिफाइनल खेल निल्टन सान्तोस मैदानमा भएको हो । सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो ।
ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।
५ पटक कोपा अमेरिका विजेता ब्राजिल पुनः फाइनलमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
