२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

युरोकप २०२० पहिलो सेमिफाइनल : इटली र स्पेनबीच प्रतिस्पर्धा

प्रकाशित मिति : २०७८ असार २२ गते
google photo.
- ADVERTISEMENT -

काठमाडौं / युरोकप २०२० को पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै छन् । लण्डनस्थित वेम्वली मैदानमा इटली र स्पेनबीच हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार मंगलबार राति १२ः४५ बजे सुरु हुने भएको छ ।
युरोकपको नकआउट राउण्डमा सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटली विजयी भएको थियो । यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ ।
इटलीले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले नै पराजित गरेर सेमिफाइनल सुरक्षित गरेको हो ।
उता स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलप्रेमीहरुको लागि सेमिफाइनलको बहुप्रतिक्षित घडी आज रातिबाट सुरु हुृँदैछ । अधिकांश खेलप्रेमीहरु इटालीले नै युरोकप २०२० को बिजेता हुने आंकलन गरेका छन् भने यता स्पेन पनि राम्रो प्रदर्शनका कारण यसै भन्न सकिने अवस्था भने देखिएको छैन ।

- ADVERTISEMENT -