चितवन / चितवन राप्तीकी सुजिता भण्डारी हत्यारालाई कारबाहीको माग गर्दै आफन्त र स्थानीयवासीले प्रदर्शन गरेको आन्दोलन हिंसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि लोथरदेखि डडुवाचोकसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५०० मिटरभित्र सम्म पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । मंगलबार साँझ ७ः३० बजेदेखि भोलि बुधबार बेलुका ७ः३० सम्मको लागि कर्फ्यु जारी गरिएको हो ।
यस्तै मंगलबारै प्रहरी र स्थानीयबासी बीच बुद्धशान्ति बहुमुखी कलेज अगाडि दोहोरो झडप भएको हो । झडपमा तीन जना प्रहरी र तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
आन्दोलन चर्किदै गएपछि दिनभरी लोथरदेखि भण्डारासम्मको क्षेत्र तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यु लगाएको हो ।
- ADVERTISEMENT -

चितवनको पिप्लेमा कर्फ्यु, स्थानीयवासी र प्रहरीबीच झडप
July 7, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
