२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

इटाली फाइनलमा, स्पेन बाहिरियो

प्रकाशित मिति : २०७८ असार २३ गते
उत्कृष्ट खेलाडी बनेका इटालीका चिसा (बायाँ) ।

काठमाडौं / युरोकप २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । लण्डनस्थित वेम्वली मैदानमा भएको पहिलो सेमिफाइनल खेल पेनाल्टी शुट आउटमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा १–१ गोल गोल भएको थियो भने अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी शुटमा निर्णय लिइएको थियो । निकै रोमाञ्चक खेलको पहिलो हाफमा इटाली र स्पेनले कुनै गोल गर्न सकेन ।
खेलको दोस्रो हाफमा ५९औं मिनेट गोल गरेका जर्सी नं. १४ का चिसाले इटालीलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा जर्सी नं. ७ स्पेनका मोरोटाले जवाफी एक गोल गरी बराबरी बनाएका थिए । प्रतियोगिताको सुरुमा इटाली चम्किए पनि अन्त्यसम्म स्पेनकै दबादबा रहेको थियो । अन्ततः इटालीले नै बाजी मारेको छ । खेलको उत्कृष्ट खेलाडी इटालीका जर्सी नं. १४ का चिसा भएका छन् ।
यस्तै स्पेनका जर्सी नं. ५ का सर्जिओ र इटालीका जर्सी नं. २५ का राफल, जर्सी नं. १९ का बुनुचीले पहेंलो कार्ड बेहोरेका थिए । पाँच पटकको युरोकप विजेता इटाली यसपाली पनि विजयी हुने पक्कापक्की जस्तै भएको खेलप्रेमीहरुको आंकलन रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45