April 23, 2025

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

July 8, 2021
File Photo
- ADVERTISEMENT -

चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । बुधबार राति ८ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुंगा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक संचालन हुन समय लाग्ने प्रमुख अधिकारीले बताए । बुधबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी संचालनमा आएको थियो ।
सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुंगा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

- ADVERTISEMENT -