२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोनाको तेस्रो लहरको जोखिमको आँकलन गरेर पूर्वतयारी

प्रकाशित मिति : २०७८ असार २६ गते

वाग्मती / वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताइन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उनले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्नका लागि निर्देशन दिइएको जानकारी दिइन् ।
मन्त्री बस्नेतले ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने बताए । हामी सबैको लक्ष्य खोप भएकाले सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउनका लागि रु दुई अर्ब बजेट विनियोजन गरेको उल्लेख गरिन् ।
प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागि परेको जनाउँदै उनले प्रदेश सरकारले सोझै खरीद गर्ने व्यवस्था बने सोझै नभए संघीय सरकारसँग सहकार्य गरेर प्रदेशका खोपका लागि उमेर पुगेका सबै नागरिकलाई खोप लगाइने बताइन् ।
उनले धादिङ अस्पतालको भवन, त्रिशूली अस्पताल नुवाकोटको आवास गृह निर्माण गरिएको, प्रदेश मातहतका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल र चरिकोट अस्पतालबाट नियमितरुपमा पिसिआर परीक्षण सेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेशन तथा त्रिशूली, भक्तपुर, हेटौँडा, धादिङ र सिन्धुली अस्पतालबाट आइसियु तथा एडियु सेवा प्रवाह भइरहेको जानकारी दिइन् ।
साथै स्वास्थ्य कार्यालयहरूबाट रोकथाम र नियन्त्रणका कार्य भइरहेको उनले बताइन् । सिन्धुली अस्पताल, हेटौँडा अस्पताल, धादिङ् अस्पताल र त्रिशूली अस्पतालमा अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा रहेका तथा बाँकी जिल्लामा जडान गर्न खरीदको अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89