काठमाडौं / सरकारले सिन्धुपाल्चोकका बाढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । हालै आएको बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेपछि ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।
मन्त्री नेम्वाङले बाढी, डुवान र पहिरो प्रभावितका लागि सरकारले १५ सय बन्डल जस्तापाता पनि सहयोग गर्ने जानकारी दिए । हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अवलोकन गरेका थिए ।
हेलिकप्टर हेलम्बुको गणेशबगरमा अवतरण भएपछि प्रधानमन्त्री ओलीसहितको सरकारी टोलीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए ।
- ADVERTISEMENT -

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई प्रतिपरिवार ५० हजार दिने
July 10, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
