२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

प्रधानमन्त्री देउवालाई सुझाव : ओलीका गल्ती सुधार्नुस्

प्रकाशित मिति : २०७८ श्रावण १ गते

काठमाडौं / पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाएका हुन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले जनजीविकाका सवालमा गर्नुपर्ने थुप्रै काम नगरेको र नगर्नु पर्ने काम गरेकाले त्यसलाई सुधार्नु सरकारको पहिलो दायित्व भएको सुझाएका थिए । ‘ओली सरकारले जनताका कुरा कम सुन्ने र समस्यामा कम ध्यान दिने गरेर जनताबाटै तिरस्कृत भइसकेको थियो अब विगतमा भएका गल्ती सुधार्नै पर्छ र नयाँ गल्ती पनि थपिनुहुन्न,’ दाहालले प्रधानमन्त्री देउवालाई गठबन्धन आबद्ध दलको बैठकमा भनेका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि पूर्वप्रधानमन्त्री ओलीबाट भएका विगतका गल्ती सच्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताए ।
‘केपी शर्मा ओलीबाट जुन गल्ती भए, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं,’ यादवले भने । यो समाचार राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51