२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पछिल्लो समय नदीकिनारमा विना भेटिएको थप खुलासा

प्रकाशित मिति : २०७८ श्रावण १ गते

‘नारायणी नदीकिनारसम्म देखिइन् विना’

चितवन / असार १४ गतेदेखि वेपत्ता विना सापकोटाबारे थप जानकारी आएको छ । विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा थिइन् । घटना थप रहस्यमय बनेको छ ।
आफ्नो फोन पनि केटासाथीसँग रहेपछि फोनविहीन बनेकी विनाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागेकी थिइन् । उनले त्यो फोनबाट ११ सेकेन्ड उनै केटासाथी प्रवेशसँग बोलेकी थिइन् । आफूसँग फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् ।
एउटी केटी आत्तिएजसरी हिँडेर किनारतर्फ लागेपछि घरमा अभिभावकलाई खोज्नका लागि समेत जानकारी गराएको ती युवाले विनाको बुबासँग बताएका छन् । सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको देखिएपछि प्रहरीले बजार क्षेत्रको अन्य सिसी क्यामरामा उनको खोजी गरिरहेको थियो । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले विनाको विषयमा थप जानकारी आएको बताए ।
उनले भने,‘नदीकिनारतर्फ जाने एक पसलको सिसी क्यामराबाट उनी किनारतर्फ गएको देखिन्छ ।’ ‘स्थानीयले एकैछिन किनारतर्फ एउटी केटी आत्तिँदै गएको देखेपछि खोजेको पनि रहेछन्, डिएसपी थापाले भने,‘एकैछिन खोजे नभेटेपछि स्थानीय घर फर्किए ।’ नदीकिनारतर्फ गएकी उनको खोजी प्रहरी र आफन्तले तीव्र पारेको छ, तर भेटाउन सकेको छैन ।
प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश हाल अस्पतालमा रहेको जनाएको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ आएका थिए । उनले केही घन्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् । प्रवेशविरूद्ध अहिलेसम्म दुईवटा उजुरी प्रहरीमा दिइएको उनको भनाइ छ । छोरीको अवस्था पत्ता नलागेको तर प्रवेशलाई भने अभिभावकको जिम्मामा छोड्ने प्रहरीले तयारी गरेकोमा उनले आपत्ति जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39