काभ्रे / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।
उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ ।
एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफैँले उत्पादन गरिरहेको लामाले बताउनुभयो ।
अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेलामा भकुण्डे, बनेपा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको लामाको भनाइ छ । “अहिले मासिक करिब रु दुई लाख जति आम्दानी हुन्छ, त्यसबाट कामदारलाई तलब दिने, खर्च कटाउने र बाँकी ऋण तिर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “काम गर्नेमध्ये छ जना सुर्खेतबाट आएर काम गरिरहेका छन् भने बाँकी चार जना स्थानीयवासी रहेका छन् ।”
उहाँका अनुसार दुई-दुई जनाको परिवार रहेको कामदारमध्ये भैँसी फार्ममा काम गर्नेलाई मासिक रु ३० हजार, तरकारी खेती गर्नेलाई रु २५ हजार र बाख्रा फार्ममा काम गर्नेलाई रु २२ हजार दिने गरिएको छ । यसरी काम गर्दै आएको करिब दुई वर्ष भयो ।
त्यसरी व्यवसाय गर्नका लागि उहाँले गाउँमा नै मासिक रु एक लाखको पाँच हजार ब्याज तिर्ने गरी ऋण लिएर चलाइरहेको बताउनुभयो ।
अहिले पालेको खसी बोका बिक्री गर्नका लागि बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । चाहेको बेलामा खरिदकर्ता आफैँ लिन आउँछन् र आफैँले लग्यो भने पनि गाडी भाडा उनीहरुले नै बेहोरेर खरिद गर्ने गरेको उहाँको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री भएन भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
कृषि फार्म सञ्चालन गर्नका लागि नगरपालिकाको कृषि शाखा प्रमुख रेशम दाहालसँग सल्लाह गरेर काम गर्दा उहाँले शुरुमा गर्नुस् भनेपछि अन्तिममा एउटा प्लाष्टिक र औषधि छर्ने पम्पसमेत नदिएपछि राज्यको निकायबाट आउने सहयोगको समेत आशा मारेको उहाँले बताउनुभयो ।
बीस वटा टनेलबाट शुरु गरेको खेती अहिले ३२ रोपनी जग्गामा ५० वटा टनेल बनाएर सबैमा गोलभेँडा फलाइरहनुभएको छ । दुई लट गरी रोपेको गोलभेँडा अहिले कुनैमा फूल फुल्ने र कुनै टनेलमा लटरम्म फलिरहेको छ ।
त्यससँगै फार्ममा दुर्ईवटा गाई र पाँचवटा भैँसी छन् । “ती गाई, भैँसीबाट दैनिक ८५ देखि ९० लिटर दूध उत्पादन हुने गरेको छ, त्यससँगै गाउँमै दूध सङ्कलन गरी दैनिक २०० देखि २५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “कृषि खेतीसँगै ५० वटा बाख्रा छन्, अब दुई महिनामा ९० वटा खसी बोका पुर्याउने लक्ष्य राखेको छु ।”
यसरी शुरु भयो व्यवसाय
विसं २०६६ मा विदेश जानका लागि राहदानी निकाल्न परराष्ट्र मन्त्रालय अगाडि गएर राति नै २ बजे लाइन बस्न जाँदा त्यो रातको समयमा मान्छेको लाइन देखेपछि लगेको सिफारिसपत्र त्यहीँ च्यातेर भोलिपल्ट घर फर्केपछि रु ५० हजार ऋण लिएर किराना व्यवसायबाट काम शुरु गरेको व्यावसायिक यात्राले मासिक रु दुई लाखसम्मको आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
दश जनालाई रोजगारी
फार्ममा विगत एक वर्षदेखि काम गर्दै आउनुभएका कुमार सिजापति मगरले उहाँको तरकारी खेतीमा आफ्नो दैनिकी बिताइरहुनभएको छ ।
यअघि सिन्धुपाल्चोकको चौतारामा कृषि फार्ममा नै काम गर्ने एक जना दाजुले काम गर्न बोलाएपछि कामको सिलसिलामा त्यहाँ पुग्नुभएका उहाँ अहिले पिपलटारको ‘एलिस्का कृषि फार्म’मा काम गर्दै आउनुभएको छ । सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका-६ बाबियाचौरको खमारे घर भएका उहाँको हिजोआज कृषि फार्ममा टनेल हेर्ने, बेर्ना उमार्ने, रोप्ने, टिप्ने, कटिङ गर्ने क्रममा नै समय बित्ने गरेको छ ।
सोवापत उहाँ र श्रीमतीको गरी मासिक रु २५ हजार प्राप्त हुन्छ । गाउँमा धेरै दुःख गर्नुपर्ने र कृषिमा नै लागे पनि उत्पादन गरेको सामान बोकेर बजारसम्म जानलाई धेरै टाढा भएका कारण बरु काम गरेर तलब थापेको नै राम्रो हुने उहाँले बताउनुभयो ।
सोही ठाउँका अर्का तपेन्द्र बोहोराको दैनिकी पनि त्यही फार्ममा गाई, भैँसी स्याहार्दै बित्ने गरेको छ । गाउँमै कृषि काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले गाउँकै एक जना भाइको सम्पर्कमा त्यहाँ आएर एक वर्षदेखि काम गर्दै आइरहनुभएको छ ।
विदेश गएर पसिना बगाउनुभन्दा परिवारसँगै बसेर सानै खेतमा परिश्रम गरेर थुप्रै फलाउन सक्ने भएकाले आफ्नै देशमा पसिना बगाएर कमाउनुमा छुट्टै आनन्द हुने गरेको अनुभव सुनाउनुभयो । उहाँको पनि दुई जना परिवारले मासिक रु ३० हजार पाउने गरेको छ ।
गाई र भैँसी फार्मबाहेक मिल र बाख्रासमेत आफैँले नै हेर्ने गरेको उहाँले बताउनुभयो । कृषिसम्बन्धी तालिमसमेत लिनुभएका उहाँले अब भैँसी फार्म र मिललगायतका अनुभव भएकाले अब आफैँले पनि लगानी गरेर व्यवसाय गर्ने सोचमा रहेको बताउनुभयो । कमाएको पैसाले पहिलाको ऋण तिरेर अहिले ब्याजमा लगानी गरेको उहाँको उहाँको भनाइ छ । सो फार्ममा उहाँलगायत १० जनाले रोजगारीसमेत पाएका छन् ।
- ADVERTISEMENT -

कृषिजन्य व्यवसायबाट मासिक दुई लाख कमाउँदै लामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68










