Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

व्यास नगरपालिकाको उठेन फोहोर, विसर्जन गर्ने ठाउँ अभाव

प्रकाशित मिति : २०८३ बैशाख १४ गते

दमौली / तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो ।

हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहरमैला सङ्कलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले उल्लेख गरे ।

उनले भने, “हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरु बिक्री गरी बिक्री अयोग्य वस्तुहरुको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुबेँसी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।”

उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी भइरहेको लम्सालले बताए । नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहरमैला घर, कम्पाउन्डभित्र सुरक्षित तवरले राख्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइका लागि प्रयोग गर्दै आएको छ ।

नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22