चितवन / राप्ती नगरपालिका १ का जीवन चेपाङले नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर भएका जीवनलाई मनकारी संस्थाको सक्रियतामा उक्त घर पाएको हो । अधिराज्यभर कहिँ कतै घर नभएका, त्रिपाल टाँगेर दिनरात काट्दै आएका जीवनले झण्डै २ लाख ५० हजारको लागतमा निर्माण गरिएको घर पाएका हुन् ।
राप्ती नगरपालिका उपमेयर इमानसिंह लामासहित विभिन्न संस्था तथा व्यक्तिहरुको आर्थिक र जिन्सी सहयोगमा घर निर्माण गरिएको हो । नवनिर्मित घर शनिवार एक कार्यक्रमका बीच जीवनलाई हस्तान्तरण गरिएको हो ।
‘अर्काको जग्गामा पाल टाँगेर बसेको देख्दा साह्रै दया लाग्यो’ उपमेयर लामाले भने ‘उनको दयनीय अवस्थाकै कारण मैले पनि केही आर्थिक सहयोग गरेको हुँ ।’ उपमेयरको हैसियतमा प्राप्त हुने सेवा सुविधा वापत ३ महिना बरावरको रकम घर निर्माणका लागि सहयोग गरिएको उनले बताए ।
मनकारी संस्थाका सचिव गोपाल विश्वकर्माका अनुसार घर निर्माणमा २ लाख ५० हजार रुपैयाँ खर्च लागेको र धेरैले जिन्सी सहयोग गरेको हो । जीवन चेपाङले ज्याला मजदुरी गरेर आफ्ना ३ छोराछोरी र श्रीमती पाल्दै आएका छन् ।
आफ्नो एक धुर जग्गा नभएका जीवनलाई आफन्तले घर निर्माण गर्ने जग्गा उपलव्ध गराएका हुन् भने मनकारी संस्थाका अध्यक्ष विश्वराम सेढाईको अध्यक्षतामा घर हस्तान्तरण गरिएको हो ।
उपमेयर लामाले नगरभित्रका जीवनको घर बाहेक अन्य ६ जनालाई पनि घर निर्माणमा आर्थिक सहयोग गरिसकेका छन् । यसअघि सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको घर निर्माणमा पनि उनले सहयोग गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीका जीवन चेपाङलाई उपमेयर लामाद्वारा घर हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58













