July 22, 2024

गैंडाको आक्रमणबाट बृद्धको मृत्यु

July 18, 2021

चितवन / पूर्बी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ११ का ७५ वर्षिय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायीक वनमा निउँरो टिप्न गएको समयमा कुमाललाई गैंडाले आज दिउँसो २ः४० वजे आक्रमण गरेको थियो ।
आक्रमणमा परि घाईते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा दिउँसो ३ः४५ वजे मृत्यु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -