२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

प्रकाशित मिति : २०८३ भाद्र ११ गते
AI

काठमाडौं / देशभर बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या २ सय ५८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीबार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको बताइन् ।

उनका अनुसार बाढीपहिरोमा परी अझै ९१० जना सम्पर्कविहीन छन् । सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा २ वटा शव फेला परेको महतले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन् । रसुवाका १६१ जना र नुवाकोटका एक जना नागरिक पनि सम्पर्कविहीन रहेको उनले बताइन् ।

यस्तै बाढीपहिरोका कारण ३५ देशका ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको महतले बताइन् ।

‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२, तनहुँमा १२, चितवनमा १०८ र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ,’ महतले बताइन् ।

उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् ।

बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३५१ जना प्रभावितको उद्धार गरिएको महतले बताइन् । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएका छन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक रहेको उनले जानकारी दिइन् ।

‘हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ,’ महतले बताइन् ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34