२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

कानुनमन्त्री सोविता गौतमले उद्घाटन गर्ने, विदेशी स्टलहरुको सहभागिता
प्रकाशित मिति : २०८३ भाद्र ११ गते
Photo : Bina Tamang / newsprabah

भरतपुर / चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा भरतपुरमा “चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८३” आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर आगामी भाद्र १९ देखि २१ गतेसम्म भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा उक्त मेला सञ्चालन हुन लागेको हो ।

चितवन उद्योग संघको संरक्षकत्वमा हुने मेलाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतमले गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

- ADVERTISEMENT -

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले दर खाने नाममा हुने विकृति र विसंगति न्यूनीकरण गर्दै पर्वहरूलाई उद्यमशीलतासँग जोड्ने उद्देश्य राखिएको बताए । स्वदेशमै केही गर्न चाहने महिला उद्यमीहरूलाई हौसला प्रदान गर्न र पर्वलाई आर्थिक गतिविधिसँग जोड्न मेलाले महत्त्वपूर्ण सन्देश दिने उनको भनाइ थियो ।

अध्यक्ष घिमिरेका अनुसार महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित, स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण र ब्रान्ड प्रवर्द्धन, उद्यमीहरूबीच अनुभव, ज्ञान र सीप आदान–प्रदान गर्ने र तीजको किनमेलदेखि उत्सवसम्मका गतिविधि एउटै छानामुनि उपलब्ध गराइने छ ।

मेलाका १०० भन्दा बढी स्टलहरूमा स्थानीय हस्तकला, रैथाने उत्पादन, तीज विशेष सामग्री, कपडा, बुटिक, गरगहना, खाद्य परिकार, सौन्दर्य सामग्री र बैंकिङ तथा कृषिजन्य उत्पादनका स्टलहरू रहनेछन् ।

महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले मेलामा बंगलादेशका गार्मेन्ट तथा छालाजन्य उत्पादनका २० भन्दा बढी स्टलहरूको छुट्टै प्याभिलियन रहने बताइन् । नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनको भनाइ थियो ।

मेलाको पहिलो दिन कृष्ण भजन प्रतियोगिता र दोस्रो दिन ‘उद्यमशीलता र रोजगार, प्रवर्द्धनमा स्थानीय सरकार’ विषयक तीज गीत प्रतियोगिता आयोजना गरिनेछ । दुवै प्रतियोगिताका विजेतालाई क्रमशः रु. २५,००० (प्रथम), रु. २०,००० (द्वितीय), रु. १५,००० (तृतीय) र रु. ७,००० (सान्त्वना) पुरस्कारको व्यवस्था गरिएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा २० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । मेलामा बंगलादेश–नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, बोटलर्स नेपाल (तराई), रिजाल फूड्स, सानिमा बैंक लगायत विभिन्न स्थानीय तह र व्यावसायिक संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ ।

वि.सं. २०८० देखि सुरु भएको यो एक्स्पो चौथो श्रृंखलासम्म आइपुग्दा विदेशी स्टलहरूको सहभागितासँगै अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको आयोजकको दाबी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45