Opens in a new tab
२०८३ आश्विन १२, सोमबार
September 28, 2026
२०८३ आश्विन १२, सोमबार
September 28, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रकाशित मिति : २०७८ श्रावण ४ गते

पक्षमा १६५ सांसद, विपक्षमा ८३ जना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पदमा संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आज साँझ प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री पदमा शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।
शेरबहादुर देउवाले कूूल १६५ जना सांसदहरुको मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका हुन् । प्रस्तावको विपक्षमा ८३ मत प्राप्त गरेका छन् । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ । नेपालको संविधानको उपधारा ६ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन एमालेका नेता माधव कुमार नेपालसहितका सांसदहरु, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका सांसदहरुले मतदान गरेर विश्वासको मत दिइएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्थान गर्न एमालेकै माधव कुमार नेपाल सहितका नेताहरुले कांग्रेस सभापति देउवाको पक्षमा मतदान गरेका हुन् ।
नेपालको संविधानको धारा १०० अनुसार एक पटक प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिईसकेपछि दुई वर्षसम्म अविश्वासको मत प्रस्तुत गर्न नपाउने व्यवस्था छ । सो अवस्था अनुसार आगामी १७ महिनासम्म (वर्तमान प्रतिनिधिसभाको पुरा समय अवधि) सरकारको नेतृत्व गर्न पाउने भएका छन् । साथै आगामी आम निर्वाचत समेत प्रधानमन्त्री देउवाले नै गराउने निश्चित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.30
174.98
UK Pound Sterling
1
202.78
203.58
Swiss Franc
1
184.68
185.41
Australian Dollar
1
107.47
107.89
Canadian Dollar
1
108.18
108.61
Singapore Dollar
1
119.76
120.23
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98