२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेठ २ मा फर्कियो एमाले 

प्रकाशित मिति : २०७८ श्रावण ५ गते

काठमाडौँ / एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ। यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ।
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए।
प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रूपमा अहिलेको बैठकलाई लिइएको छ। ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो। यो बैठकलाई दसौं बैठक नामकरण गरेका छौं’, प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरु भइसकेको छ। १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ। कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।’
बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो। स्थायी कमिटीको शनिबार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो। जेठ २ पछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन्।
केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औं बैठक भनिएको स्पष्ट पारे। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17