चितवन / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाइएको छ । पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समितिद्वारा आयोजित श्रेष्ठको ४३औं स्मृति दिवस आज बिहीबार चितवनमा मनाइएको हो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले श्रेष्ठको राजनीतिक घटनाक्रमको बारेमा प्रकाश पारेका थिए । उनले कम्युनिष्ट आन्दोलन संस्थागत गर्न श्रेष्ठले खेलेको भूमिकाको महत्वपूर्ण भएको बताए । साथै उनले कम्युनिष्ट पार्टीमा आएको अहिलेको विचलनप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरुले श्रेष्ठले दिएको बलिदानीलाई आत्मसाथ गर्दै अबका दिनमा सबै एकजुट हुन जरुरी भएको बताए । वक्ताहरुले कम्युनिष्टहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए भने अहिलेको परिस्थितिमा सबै मिल्नुको विकल्प नभएको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले श्रेष्ठको योगदान, पार्टी सदस्यता नवीकरण र एमालेका वर्तमान अवस्थाको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष सूर्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो भने सचिव खोमकान्त रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा केन्द्रलाई पूर्णता दिँदै ५५ सदस्यीय तदर्थ समिति बनाइएको छ ।
- ADVERTISEMENT -
चितवनमा मनाइयो पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस
July 22, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -