२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

प्रकाशित मिति : २०७८ श्रावण १० गते

चितवन / भरतपुर ११ बाइपासरोडमा अवस्थित एस एण्ड पी अटिडिङ कम्पनीले शैक्षिक सामग्री सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १५ गोपालगञ्जमा रहेको श्री आधारभुत विद्यालयलाई शनिबार ६७ वटा स्कुल ब्याग सहयोग गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी नेपाललाई उक्त सामाग्री हस्तारन्तरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारीले एक वर्षमा स्कुलको स्तरोन्नति गर्ने बताए । उनले विद्यालयको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हरेक सचेत नागरिकले आफ्ना बाबुनानीलाई सामुदायिक विद्यालयमा पठाउन उनको आग्रह थियो ।


उनले सचेत नागरिकहरुले बालबालिकालाई सामुदायिक विद्यालय नपठाउँदा वर्षेनी सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको बताए । सामुदायिक विद्यालयलाई निम्नवर्गका विद्यार्थी मात्र अध्ययन गर्ने विद्यालय नभई सचेत तथा सम्पन्न वर्गका विद्यार्थीहरु पनि अध्ययन गर्ने विद्यालयको रुपमा विकास गर्दै लैजानु पर्नेमा उनले जोड दिए ।
यस्तै उनले उक्त विद्यालयमा होस्टल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई भोजराज कौडालले गुणस्तरीय शिक्षा दिन सके सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने बताए ।
कम्पनीका सञ्चालक श्रेष्ठले व्यवसायबाट भएको कमाईको केही हिस्सा यसरी नै शैक्षिक क्षेत्रमा सहयोग गर्दै जाने बताए । उनले बालबालिकाको उज्वल भविष्यका लागि आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले श्री आधारभुत विद्यालयलाई छिट्टै थप अन्य शैक्षिक सामाग्री पनि सहयोग गर्ने बताए ।
२०२८ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा ३ सम्म मात्र अध्यापन हुँदै आएको छ । विद्यालयमा अहिले ६७ जना बालबालिका अध्ययनरत छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73