काठमाडौं / नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताप्रति उत्तरदायी भएर जनभावनालाई उच्च प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् ।
अघिल्लो सरकारका बेतिथि औँल्याउँदै उनले देउवा नेतृत्वको सरकारलाई त्यस्तो काम गर्ने छुट नभएको बताए ।
‘केपी ओली नेतृत्वको सरकारले संविधान मिचेर, लोकतन्त्र विरोधी जुन अपराध गर्यो अब प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यस्तो अपराध गर्ने छुट छैन । हामी त्यस्तो हुन दिँदैनौँ । यो सरकारले जनहितका कामलाई उच्च प्रातमिकतामा राखेर काम गर्नुपर्छ ।’ उनले भने ।
उनले केपी ओली नेतृत्वको सरकारका बेथिति उजागर गर्दै अगाडि भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’
उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए ।
- ADVERTISEMENT -
‘प्रधानमन्त्री देउवालाई ओलीले जस्तो अपराध गर्ने छुट छैन’
July 27, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -