२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

लुम्बिनीमा शेरचन र गण्डकी प्रदेश प्रमुखमा गुरुङ नियुक्त

प्रकाशित मिति : २०७८ श्रावण १३ गते
- ADVERTISEMENT -

चितवन / लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन् मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो ।
भरतपुर महानगरपालिका २६ दिव्यनगरका शेरचन नेकपा माओवादी केन्द्रका नेता हुन् । सरकारले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर शेरचनलाई प्रमुखमा नियुक्त गरेको हो। सरकारले मंगलबार नै नेपाली काँग्रेस चितवनका नेता पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
चितवनकै सीता पौडेललाई हटाएर पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुख बनाएको हो।

- ADVERTISEMENT -