April 23, 2025

नेपालमा थप ३३६५ संक्रमित, संक्रमणबाट १४ को मृत्यु

July 29, 2021
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ५ सय ५५ जनाको पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २द्ध घण्टामा १ हजार ३ सय ७३ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -