January 13, 2025
- ADVERTISEMENT -

पछिल्लो २४ घण्टामा ३६११ संक्रमित थप, २७ जनाको मृत्यु

July 30, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट १ हजार ८१६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ८३४ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -