Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विदेशी पर्यटक ६९ वर्षयताकै कम

प्रकाशित मिति : २०७८ श्रावण १६ गते
File Photo.

काठमाडौँ / विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ६९ वर्षयता सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशत घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘नेपालको पर्यटन तथ्यांक २०२०’ अनुसार कोभिड संक्रमणका कारण गत वर्ष २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ८० दशमलव ७ प्रतिशत कम हो ।
हवाई मार्ग तथा स्थल मार्ग हुँदै सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी नेपाल आएका थिए । नेपाल विदेशी पर्यटकका लागि सन् १९५१ देखि खुला गरिएको थियो । अघिल्लो वर्षको जसरी यसअघिका कुनै पनि वर्ष पर्यटन आगमनमा गिरावट नआएको मन्त्रालयले जनाएको छ ।
नेपालले विदेशी पर्यटकको रेकर्ड सन् १९६४ देखि राख्न थालेको हो । त्यस वर्ष ९ हजार ५ सय २६ जना विदेशी नेपाल घुम्न आएका थिए । यो त्यसअघिको वर्षको दाँजोमा ३० प्रतिशतले वृद्धि थियो । पछिल्लोपटक नेपालमा सन् २०१५ मा ३२ प्रतिशत पर्यटक आगमन घटेको थियो । ‘सन् २०२० मा नेपाल करिब बन्द थियो, अनलाइन भिसा रोकिएका थिए, त्यस्तो बेला १० दिने क्वारेन्टाइन बस्न इच्छुक हुँदै नेपाल आउने विदेशीको संख्या २ लाख पुग्नुले नेपालमा पर्यटकको सम्भावनाको संकेत गर्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले भने ।
सन् २०२० मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो  यो अघिल्लो वर्षको दाँजोमा ७० प्रतिशत कम हो । सन् २०२० मा सर्वाधिक पर्यटक आगमन भएका मुलुकमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र संयुक्त राज्य अमेरिका प्रमुख थिए । पर्यटक ल्याउने प्रमुख ५ वायुसेवामा नेपाल वायुसेवा निगम, कतार एयरवेज, हिमालय एयरलायन्स, फलाई दुबई र एयर अरेबिया थिए । गत वर्ष १० हजार २ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान (आउने/जाने) भए । अघिल्लो वर्षको तुलनामा यो ६८ प्रतिशत कम हो । -यो समाचार कान्तिपुर पत्रिकामा प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90