January 21, 2025
- ADVERTISEMENT -

कतारमा अनिवार्य क्वारेन्टिन, थप खर्चले समस्यामा नेपाली कामदार

August 1, 2021

काठमाडौं / कतार सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपाली कामदार थप समस्यामा पर्ने भएका छन् ।
कतारमा अनिवार्य गरिएको क्वारेन्टिन होटलमा बस्नुपर्छ । न्यून आय भएका नेपाली कामदारहरूलाई होटल क्वारेन्टिन बस्नु कठिनाइ हुने कामदारहरु बताउँछन् । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा महँगो जहाज टिकटले मारमा परेका नेपाली कामदार होटल क्वारेन्टिनका लागि थप खर्च व्यहोर्नु पर्दा समस्यामा परेका हुन् ।
कतारले ९ जुलाइदेखि धेरै क्षेत्रहरुमा फुकुवा गरेपछि रोजगारीको अवसर बढेको छ । त्यसले विदेशी कामदारको माग समेत बढाएको छ । तर शुक्रबार नयाँ सुचना जारी गर्दै कतारले पूर्णरुपमा खोप प्राप्त गरेका विदेशी यात्रीहरुलाई समेत क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ भने खोप नलगाएकालाई कतार प्रवेशमा रोक लगाएको छ ।
खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमले कतार जाने नेपाली कामदारको क्वारेन्टिन खर्च मात्रै एक लाख रूपैयाँ बराबर बढ्ने कतिपयको विश्लेषण छ । एयरलाइन्सहरूले टिकट बुकिङकै समयमा होटल तथा क्वारेन्टिन खर्च जोड्ने गरेका छन् । यो समाचार आजको अर्थ डटकममा प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -