२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

कतारमा अनिवार्य क्वारेन्टिन, थप खर्चले समस्यामा नेपाली कामदार

प्रकाशित मिति : २०७८ श्रावण १७ गते

काठमाडौं / कतार सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपाली कामदार थप समस्यामा पर्ने भएका छन् ।
कतारमा अनिवार्य गरिएको क्वारेन्टिन होटलमा बस्नुपर्छ । न्यून आय भएका नेपाली कामदारहरूलाई होटल क्वारेन्टिन बस्नु कठिनाइ हुने कामदारहरु बताउँछन् । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा महँगो जहाज टिकटले मारमा परेका नेपाली कामदार होटल क्वारेन्टिनका लागि थप खर्च व्यहोर्नु पर्दा समस्यामा परेका हुन् ।
कतारले ९ जुलाइदेखि धेरै क्षेत्रहरुमा फुकुवा गरेपछि रोजगारीको अवसर बढेको छ । त्यसले विदेशी कामदारको माग समेत बढाएको छ । तर शुक्रबार नयाँ सुचना जारी गर्दै कतारले पूर्णरुपमा खोप प्राप्त गरेका विदेशी यात्रीहरुलाई समेत क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ भने खोप नलगाएकालाई कतार प्रवेशमा रोक लगाएको छ ।
खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमले कतार जाने नेपाली कामदारको क्वारेन्टिन खर्च मात्रै एक लाख रूपैयाँ बराबर बढ्ने कतिपयको विश्लेषण छ । एयरलाइन्सहरूले टिकट बुकिङकै समयमा होटल तथा क्वारेन्टिन खर्च जोड्ने गरेका छन् । यो समाचार आजको अर्थ डटकममा प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45