April 20, 2025

चितवनमा थप ७९ जना संक्रमित, महानगरमा मात्रै ६५ जना

August 1, 2021
- ADVERTISEMENT -

चितवन / चितवनमा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना थपिएका हुन् ।
शनिबार अस्पतालको ओपीडी बन्द हुने भएकोले पनि झण्डै दैनिक २०० को हाराहारीमा थपिएको कोरोना आज केही घटेको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १५१ जना पुगेको छ ।
जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २६ जना, अस्पताल आइसोलेसनमा १२० जना, सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । आज चितवनका दुईको निधन भएसँगै चितवनमा कोरोना संक्रमणबाट ३३४ जना पुगेको छ ।

- ADVERTISEMENT -