January 14, 2025
- ADVERTISEMENT -

तरुण दलद्वारा देवघाट गाउँपालिकालाई स्वास्थ्य सामाग्री

August 4, 2021

चितवन / नेपाल तरुण दल देवघाटले तनहुँको देवघाट गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान पि.पि.ई, २० थान क्यानुला माक्स र सेनेटाइजर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामाग्री तरुण दल देवघाटका अध्यक्ष बलबहादुर क्षेत्रीले देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष थापाले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस रोकथाम नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले विपत्तिको समयमा सबैले मिलेर सामना गर्नु पर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, नेपाली कांग्रेसका देवघाटका पार्टी सभापति प्रेम बहादुर गुरुङ, नेपाली कांग्रेसका देवघाटका पार्टी सचिव कृष्णराज न्यौपाने, कार्यपालिका सदस्य यममाया गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी, देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी, समाजसेवी अमृत सुवेदी र प्रशन्न ढकाल लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -