बैतडी / बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति साढे १० बजेतिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका–५ का अजब चन्दका छोराहरु २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनीहरु दाजुभाइ भएको बुझिएको छ ।
जंगली बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनीहरुलाई करेन्ट लागेको प्रनि ओझाले बताए । घटनास्थलमा राति नै प्रहरी टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर एकै परिवारका दाजुभाइ मृत्यु
August 5, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
