२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज गुरु पूर्णिमा, भक्तिभावकासाथ मनाइँदै

प्रकाशित मिति : २०८३ श्रावण १३ गते

काठमाडौँ / आषाढ शुक्ल पूर्णिमाका दिन आज (बुधबार) गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेको छ– ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । परोपकार पुण्याय, पापाय परपीडनम्’ ।। अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गुरु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारिने पूर्वमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13