चितवन / चितवनमा एकैदिन १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ११० जना, खैरहनीमा ८ जना, माडीमा १९ जना, रत्ननगरमा १९ जना, राप्तीमा ३ जना, कालिकामा ६ जना र इच्छाकामनामा एक जना थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार २५१ जना पुगेका छन् । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ४८ जना, अस्पतालको आइसोलेसनमा १९२ जना र सार्वजनिक आइसोलेसनमा ११ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ३४१ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालमा अहिले कोरोनाका बिरामीको चाप बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका विभिन्न अस्पतालमा २५२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
जसमध्ये आईसीयूमा ८७ जना, भेन्टिलेटरमा ३१ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा ११२ जना रहेका छन् । गोरखाको एक जनाको कोरोना संक्रमणको कारणले भरतपुर अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३६ जना बिरामी डिस्चार्ज भएका छन् ।
- ADVERTISEMENT -
चितवनमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि
August 5, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -