मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याएको छ । कोरोना संक्रमणको जोखिम र संक्रमितको संख्यासमेत दिनप्रतिदिन बढीरहेको भन्दै प्रशासनले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।
भोलि आइतबारबाट अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको छ भने पसल खोल्ने समय घटाइएको छ ।
प्रत्येक दिन बिहान ११ बजेसम्म खोलिदैँ आएको खाद्यन्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । अन्य व्यवसाय १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालनका अनुमति दिइएको छ । सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्दै पसल खोल्ने यसअघिको निर्णयलाई परिमार्जन गरेको हो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजेसम्म रहेको सकिदैँ छ । मकवानपुरमा सक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ ।
- ADVERTISEMENT -
मकवानपुरमा थप एकसाता निषेधाज्ञा, के पाउने, के नपाउने ?
August 7, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -