April 29, 2025

चितवनमा आजबाट लगाइँदै कोरोना विरुद्धको दोस्रो डोज

August 8, 2021
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगर वडा नं. १६ मा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज आइतबारबाट लगाइँदै छ । साउन १,२ र ३ गते कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आज आइतबारदेखि मंगलबारसम्म (साउन २४,२५ र २६) दोस्रो डोज खोप लगाइने वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडाध्यक्ष हमालले वडावासीहरुलाई समयमै आई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आग्रह गरेका छन् । उनले खोप लगाउन आउँदा पहिलो मात्रा लगाउँदाको कार्ड र परिचय खुल्ने कागजपत्र अनिवार्य लिएर आउनु पर्ने बताए ।
चितवनभरि नै भेरोसेल खोप पहिलो डोज लगाएकाहरुलाई आज ३ हप्तापछि दोस्रो डोज लगाउने तयारी भइरहेको उनले बताए । यसअअघि शुक्रबार स्वास्थ्य कार्यालय चितवनले एक सूचना जारी गर्दै सो जानकारी दिएको थियो ।

- ADVERTISEMENT -