January 24, 2025
- ADVERTISEMENT -

चितवन प्रशासनद्वारा निषेधाज्ञामा पुनः कडाइ, के पाइने–के नपाइने ?

August 8, 2021

चितवन / चितवनमा जारी रहेको केही खुकुलो निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा पुनः कडाइ गरिएको आज आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो ।
प्रशासनले आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञामा पुनः कडाइ गरिएको छ । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।
यस्तैगरी अन्य पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख गरिएको छ । त्यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने भएको छ ।
पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण बढ्दै गएमा जुनसुकै बेलामा पूर्ण निषेधाज्ञा लागु गर्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -