January 13, 2025
- ADVERTISEMENT -

मकवानपुरमा आज ६९ संक्रमणमुक्त, थपिए ४० जना संक्रमित

August 8, 2021

मकवानपुर / मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न स्थानमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६९ जना आइतबार संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा बसेका ५७ जना र संस्थागत आइसोलेशनमा बसेका १२ जना गरी ६९ जना कोरोना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । जसअनुसार ३९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिका र कैलाश गाउँपालिकाका १÷१ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका १४ जना र बकैयाँका ५ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ६ सय ६८ जना पुगेका छन् ।
यस्तैगरी पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका छन् । यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १३ हजार ९ सय ३८ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४८ जना पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -