–डोलराज रानाभाट
चितवन । २०७२ सालको भुकम्पले उठिबास बनाएका चितवन इच्छाकामना ६ कुयलघारीका स्थानिय अझै पनि टिनको छाप्रोमै बस्न बाध्य छन् । उनिहरुले अझै न्याय पाउन सकेका छैनन । शुरुमा स्थायी बसोवासको आश देखाएर इच्छाकामना ६ बाट समथर भुभाग इच्छाकामना ७ सिमलढापमा बसाई सरेका उनिहरु अझै पनि टहरामै दिन गुजारीरहेका छन ।
२०७२ सालको भुकम्पले उठिवास बनाएको सुमित्रा कामीलाई अझै चैन छैन । इच्छाकामना गाउँपालिका– ६ कुयलघारीमा आफ्नै जमिनमा उहाँको परिवार रमाइरहेको थियो । महाभूकम्पले बस्ने ठाउँनै जोखिपूर्ण भएपछि उहाँहरु सोही गाउँपालिकाको वडा नम्वर ७ सिमलढापमा आइपुग्नुभयो । तत्कालीन समयमा सरकारले दिएको बाँस र टिनमै यतिका वर्ष गुजार्नु भयो । तर उहाँले न त भूकम्प पीडितले पाउने अनुदान पाउनुभयो न सोही ठाउँमा घर बनाउन दिइयो ।
घर बनाउन थालेपछि अनुदान पाइन्छ भनेर सरकारी कर्मचारी र इन्जिनियरले बताएका थिए । तर खोलाबाट ढुँगा गिटी वालुवा वोकेर जग हालेपनि जिल्लाबाट गएकाले जग नै भत्काइ दिएको सुमित्रा कामीको गुनासो छ । सरीमाया गुरुङको पीडा पनि उस्तै छ । ठूलाठूला सुकेका रुख हावाहुरीले लडाउँदा केही वर्ष पहिले छिमेकी गुमाउनु प¥यो । बाँस कुहिन थालेका छन भने टिन खिया लागेर नाश हुँदैछ । यति विजोग हुँदा पनि भूकम्प पीडितको घर बनाएर किस्ता दिएको पुननिर्माण प्राधिकरणले केन्द्रमा प्रगति सुनाइ रहँदा आफूहरुको पीडा नबुझेको उहाँ गुनासो गर्नुहुन्छ ।
उहाँजस्तै यस ठाउँका ६० घरपरिवार अझैसम्म टहरोमै बस्नु परेको छ । सानो घरमा सबै परिवार बस्नु पर्दाको पीडा आलिशान बंगला र कुर्सीमा बस्ने नेताहरुले नबुझेको उनीहरुको गुनासो छ । ६७ वर्षीय धनलाल सुनारलाई सरकारले घर बनाइदिने आशा अझै छ ।
यतिका वर्ष बसेको ठाउँबाट कहाँ जाने ? यो प्रश्न गर्दै सरकारसँग स्थायी बासको व्यवस्था गरिदिन माग गर्नुहुन्छ । सुकेका रुख मात्र भएको कवुलियती वनमा बसिरहेको भन्दै यहाँका ६० घरपरिवारले बाँस र टिनको टहरोबाट व्लकको भएपनि घरमा बास बस्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन ।
- ADVERTISEMENT -

भुकम्पले उठिबास : अझै टिनकै छाप्रोमा बास

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














