July 20, 2024

नेपालमा थप ४९०४ संक्रमित, ३५ जनाको मृत्यु

August 10, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३१९४ र एन्टिजेन विधिबाट १७१० जनामा संक्रमण पुष्टि भएको मंगलबार प्रेस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख २० हजार ६८० र एन्टिजेनबाट ७१ हजार २३० जना पुगेको छ ।
यस्तै, आज थप २११५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ । निको हुनेको दर ९३.४ प्रतिशत छ ।
त्यस्तै आजै संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार १५० पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -