July 20, 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

August 12, 2021

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यसअघि एमाले नेता शंकर पोखरेल थिए । उनले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -