२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

लायन्स क्लबद्वारा पञ्चकन्या प्राविमा २५० वटा वृक्षरोपण

प्रकाशित मिति : २०७८ श्रावण ३० गते

चितवन / गैंडाकोट नगरपालिका वडा नं. ३ बृन्दापुको पञ्चकन्या प्राथामिक बिद्यालय सरसफाई एवं वृक्षरोपण कार्यक्रम गरिएको छ । विद्यालय सर–सफाइलाई एवं सुन्दरीकरण अभियान अन्र्तगत लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले शनिबार विभिन्न जातका २५० वटा वृक्षरोपण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ हरिप्रसाद घिमिरेले बिरुवा रोप्नुभन्दा पनि संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनले रोपेका बिरुवाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा विभिन्न जातका एभोकाडो, अमला, आँप, कपुर, धुपी, स्टीक, रुद्राक्षलगायतका बिरुवा रोपेको कार्यक्रम संयोजक इश्वर रिमालले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ गोपाल गौतम, डिष्ट्रिक डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिक डेपुटी सचिव पूर्णप्रसाद शर्मा पञ्चकन्या प्राथमिक बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद भण्डारी, बिद्यालयकी प्रअ राधिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -