January 24, 2025
- ADVERTISEMENT -

घाँस काट्न गएका वृद्ध मृत फेला

August 15, 2021
Photo : Halkaro

चितवन / कुमरोज मध्यवर्ती सामुदायिक वनको बरुवाघारीमा एक वृद्धको अस्थिपञ्जर भेटिएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवाष भट्टका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ६६ वर्षीय भदै महतोको अस्थिपञ्जर भेटिएको हो ।
साउन २५ गते घाँस काट्न गएका महतो बेपत्ता भएको प्रमुख प्रनि भट्टले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । परिवारले अस्थिपञ्जरसँगै भेटिएका कपडा, बोरा र चप्पलका आधारमा महतो रहेको पहिचान गरेको बताइएको छ । भेटिएका अस्थिपञ्जरहरु डिएनए परीक्षण गरेपछि मात्रै कसको हो भनेर पहिचान गर्न सकिने उनले बताए ।
बेपत्ता रहेका महतोको खोजीका क्रममा शुक्रबार चप्पल लगाएतका सामाग्रीहरु भेटिएपछि शनिबार अस्थिपञ्जर भेटिएको हो । उनको खोजीका लागि हात्ती समेत परिचालन गरिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -