January 13, 2025
- ADVERTISEMENT -

हाइटीमा ७.२ म्याग्नेच्युडको भूकम्प, ३०० बढीको मृत्यु

August 15, 2021
Photo : Ekagaj

काठमाडौँ / क्यारेबियन मुलुक हाइटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३ सयभन्दा बढीको ज्यान गएको छ । बीबीसीका अनुसार दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते भएको बताइएको छ ।
उक्त भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन् । ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको जनाइएको छ । भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महसुस गरिएको थियो । केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हाइटीमा फेरि भूकम्पको संकट थपिएको हो ।
भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् । यसअघि ११ वर्षअघि (सन् २०१०)मा पनि ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने हजारौं मानिसको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -