February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘इन्डियन आइडल १२’ को उपाधि पवनदिपको पोल्टामा

August 16, 2021

एजेन्सी / भारतको चर्चित शो ‘इन्डियन आइडल १२’ को उपाधि पवनदिप राजनले जितेको छ । उनले ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘इन्डियन आइडल १२’ का बिजेता बनेका हुन् । उनी भारतको उत्तराखण्ड कुमाउका वासिन्दा हुन् ।
‘इन्डियन आइडल १२’ का बिजेता पवनदिपले २५ लाखको चेक, एक कार पुरस्कार स्वरुप र ट्रफी हात पारेका हुन् । यसैगरी अरुणिता कांजीलाल दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् भने सायली कांबले, मोहम्दन दानिश, निहाल तारो र शनमुखप्रिया क्रमशः तेस्रो, चौथो, पाँचौ र छैंठो भएका थिए ।
बिजेता पवनदिपले सानै उमेरदेखि म्यूजिक शिक्षा प्राप्त गरेका हुन् भने उनका पिता सुरेश राजन र सतीश राजनले यस क्षेत्रमा अभिप्रेरित गरेका हुन् । उनका हजुरबुबा पनि प्रशिद्ध लोक गायक थिए ।
उक्त शो को निर्णायकहरुमा हिमेश रेशमिया, सोनू कक्कड र अनु मल्लिक रहेका थिए भने इन्डियन फाइनलमा आदित्यनारायण झा र जय भानुशालीले कार्यक्रम संचालन गरेका हुन् ।
कार्यक्रममा कुमार शानू र उदितनारायण झा, हिमेश रेशमियालगायतले आ–आफ्ना प्रस्तुतिमार्फत मनोरंजन दिएका थिए । बलिउडका प्रख्यात कलाकार जावेद अली, मनोज मुंतशिर र अल्का याग्निकलगायतको उपस्थिति रहेको थियो ।
शो आइतबार १२ बजेदेखि राति १२ बजेसम्म चलेको थियो ।

- ADVERTISEMENT -