मकवानपुर / बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् । एमाले हाइकमाण्डको निर्देशनअनुसार पदबाट राजीनामा दिन बाध्य भएका मुख्यमन्त्री पौडेलले विहिबार दिउँसो १२ बजे सरकारी निवास छाडेका हुन् ।
माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेपछि स्पष्ट अल्पमतमा परेको एमाले सरकार टिकाउन अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई हटाई माधव पक्षकी अष्टलक्ष्मी शाक्यलाई नियुक्त गर्नु भनी निर्देशन दिएका थिए ।
सोही निर्देशन बमोजिम बुधबार नै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले पौडेलको राजीनामा स्वीकृत गर्दै नेतृ शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम एमाले संसदीय दलको बहुमत प्राप्त नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
साढे ३ बर्षको कार्यकालमा प्रदेशवासीको हितका लागि माखो मार्न नसकेका पौडेलले सरकारी निवास छाड्दै गर्दा भने नौटंकी देखाएका छन् ।
हेटौंडा –२ मानसचोकस्थित सरकारी निवासबाट निस्कँदा गेटदेखि नै नारा जुलुस गरिएको थियो । ‘अघि बढ डोरमणि बा, प्राण दिन तयार छौं, डोरमणि बा हाई हाई, राजनेता डोरमणि बा ’ लगायतका नारा लगाइएको थियो ।
पौडेलको कार्गेटलाई एमाले निकट युवा तथा कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै हर्न बजाएर नाराबाजी गरेका थिए ।
मकवानपुरमा कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको अवधिमा नारा, जुलुस गर्न, २५ जनाभन्दा बढी जम्मा पारेर सभा, सम्मेलन गर्न प्रतिबन्ध लगाइएको छ । तर, विहिबार पौडेलकै अगुवाइमा सडकमा उत्रिएको लावालस्करले निषेधाज्ञाको पूर्ण रुपमा उल्लंघन गरेको तस्वीरले उनको सस्तो लोकप्रियताप्रतिको मोहलाई छर्लङ्ग पारिदिएको छ ।
मुख्यमन्त्री छँदा, कोरोना नियन्त्रणका लागी सिन्को भाँच्न नसकेका पौडेलले बर्हिगमनकै भोलिपल्ट निषेधाज्ञाको उल्लंघन गर्न भ्याए । स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डसमेत अवलम्बन नगरी पौडेलले सयौँ कार्यकर्तालाई सडकमा उतारे ।
सडक विस्तारमा अवरोध खडा गर्ने पौडेल आफैँ जाममा परे
निर्वतमान मुख्यमन्त्री पौडेल विहिबार सरकारी निवास छाडेर हेटौंडा –११ नवलपुरस्थित निवास फर्किँदै गर्दा केही बेर जाममा परे । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजारबाट राप्तिपुल नकट्दै पौडेल केहीबेर जाममा फँसे ।
राजमार्गको हेटौंडा बजार क्षेत्रको सडकको दायाँ/बाँया २५ मिटर सडक विस्तारको काममा अवरोध सृजना गर्ने उनै पौडेल आज जाममा परे ।
तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीले सडकको दाँया/बाँया २५ मिटर क्षेत्रभित्र ररेका घरटहरा भत्काउन सुरु गर्दा ‘सडक विस्तार गर्नुहुँदैन, यदी जबरजस्ती गरियो भने हामी डोजरमुनी सुत्छौँ, रगतको खोला बग्छ’ भन्दै अवरोध खडा गरेका मुख्यमन्त्रीलाई अहिले साँघुरा सडकहरुले गिज्याइरहेका छन् ।
तत्कालीन समयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले पनि सडक विस्तार गर्नुहुँदैन भन्दै यस विषयलाई आफ्नो राजनीतिको तुरुप बनाएका थिए ।
त्यसो त पूर्वपश्चिम राजमार्गसंग जोडिएको मुख्य सडक क्षेत्रमा नै पौडेलको ५ तले घर छ । आफ्नो घर जोगाउन र चुनावमा सहानुभूति मत प्राप्त गर्ने उदेश्यका साथ सडक विस्तारको काममा अवरोध गरेको आरोप उनीमाथि छ ।
चुनाव अघि उनले बजार क्षेत्रबाट सडक फराकिलो पार्न नुहुने भन्दै बैकल्पिक सडक निर्माणको विषय प्रदेश सरकारले जोडतोडका साथ उठाउने अभिव्यक्ति दिँदै हिडेका थिए ।
करिब साढे ३ बर्षको नेतृत्व संहालेर बुधबार पौडेल पदमुक्त भए । तर, न हेटौंडा बजार क्षेत्रको सडक विस्तार भयो, न उनले भनेजस्तै बैकल्पिक सडक निर्माण भयो ।
हेटौंडावासी साँघुरो सडकमा असुरक्षित यात्रा गर्न बाध्य छन् । -तुखबर डटकमबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञा उल्लंघन गर्दै गैर जिम्मेवार डोरमणि पौडेलको लावालस्कर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













