नवलपुर / जिल्ला प्रशासन कार्यालय पुर्ब नवलपरासीले थप ३१ भदौ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थप गरेर भदौ ३१ गते सम्म पुर्याईएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीद्वारा जारी निषेधाज्ञाको आदेशमा आदेशको अवज्ञा गर्ने गराउनेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ एव प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।
निषेधित कार्यहरु
सार्वजनिक भेला, जमघट, समारोह सम्बन्धमा
क) सबै प्रकारका भेला, सम्मेलन, धार्मिक, सास्कृतिक, सामाजिक गतिविधिहरु गर्नका लागि हुने जमघटहरु गर्नरगराउन नपाइने ।
ख) सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर तथा भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्नरगराउन नपाइने।
ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा नित्यपुजा बाहेक सामूहिक भेला हुने खालका कुनै पनि कार्यक्रम गर्नरगराउन नपाइने ।
घ) कुनै पनि प्रकारका जुलुश वा प्रदर्शन जस्ता कार्य गर्नरगराउन नपाइने ।
ङ) खेलकुदस्थल, मनोरन्जन स्थल, शारीरिक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल तथा जिमखाना फिटनेस सेन्टर सामुहिक खेलकुद, पार्टी प्यालेस सञ्चालन गर्न नपाइने ।
च) विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका संस्थामा विद्यार्थीरशिक्षक भौतिक रुपमा भेला भईरगराइ सिकाइ गतिविधि संचालन गर्न नपाइने ।
गर्न पाइने कार्यहरु
क) निजी दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन पाउने र सार्वजनिक सवारी साधनको हकमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी चल्न पाउने । तीन पाङ्ग्रे सवारी (ट्याम्पो) को हकमा रुट परमिट अनुसार तोकिएको क्षेत्रमा मात्र सञ्चालन गर्न पाउने ।
ख) विवाह तथा व्रतवन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्नै घरमा मात्र विवाह व्रतवन्ध गर्ने ।
ग) जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवालाई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने तर वित्तीय तथा सहकारी संस्थाहरुले समुह बैठक तथा भेला गर्न नपाइने ।
घ) होटल, रेष्टुरेण्ट, खाजा घर तथा मिठाइ पसल,सैलुन तथा ब्युटिपार्लरहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने।
ङ) सरकारी तथा गैह्र सरकारी स्तरबाट हुने सभा ,गोष्ठी ,तालिम ,सेमिनार स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी बढीमा २५ जना सम्म उपस्थित भई संचालन गर्न पाईने छ ।
च) यस सूचनामा गर्न नपाइने भनि उल्लेख भएका बाहेक सबै आर्थिक गतिविधि तथा व्यवसाय दैनिक रुपमा सञ्चालन गर्न पाईने छ तर अत्यावश्यक सेवा बाहेकका व्यवसायहरुको हकमा साँझ ६ बजे अनिवार्य बन्द गर्नु पर्नेछ।
- ADVERTISEMENT -

नवलपुरमा निषेधाज्ञा थप, भीडभाड हुने कार्यक्रम निषेध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














